आयुर्वेदका डाक्टर जोडीले निकाले एघारौँ तहमा नाम

2.5k
Shares

काठमाडौँ, १२ पुस । स्वास्थ्य सेवा तर्फ आयुर्वेद जनरल समूहको प्रमुख कन्सलटेन्ट आयुर्वेद विज्ञ पद ( एघारौँ तह)को रिक्त एक पदका लागि लोकसेवा आयोगले गतवर्ष लिएको लिखित परीक्षामा तीन जना डाक्टरले नाम निकालेका छन् । तीमध्ये दुई जना डाक्टर भने श्रीमान श्रीमती हुन् ।

त्यसरी नाम निकाल्ने डाक्टर जोडीमा नरदेवी आयुर्वेद अस्पतालकी डाक्टर जया सत्याल र स्वास्थ्य मन्त्रालयमा कार्यरत डाक्टर प्रदीप केसी छन् । सोही परीक्षामा कीर्तिपुरस्थित आयुर्वेद शिक्षण अस्पतालमा कार्यरत डा रामआधार यादवको पनि नाम निस्किएको छ ।

लोकसेवा आयोगले लिखितमा नाम निकाल्ने तीनै जनालाई आगामी पुस ३० गते अन्तरबार्ताका लागि बोलाएको छ । आयोगले लिखित परीक्षा गतवर्ष माघ ६ र ७ गते लिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *