फराकिलो मतान्तरले पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी विजयी

72
Shares

पोखरा, २४ मंसिर । बहालवाला मन्त्रीलाई भारी मतान्तरले पछि पार्दै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।

कास्की क्षेत्र नं १ बाट नेकपा एमालेको तर्फबाट बाम गठबन्धनको उम्मेद्धार बनेका अधिकारीले निकटतम प्रतिस्पर्धी बर्तमान कानून मन्त्री यज्ञ बहादुर एवं कांग्रेस उम्मेद्धार यज्ञबहादुर थापालाई १३ हजार ४ सय १६ मतले पछि पार्दै विजयी भएका हुन् ।

अधिकारीले ३९ हजार २ सय ४२ मत प्राप्त गरेका छन् । थापाले २५ हजार ८ सय २६ मत मात्रै प्राप्त गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *