‘दशैं भन्नासाथ बुबाले ल्याइदिने नयाँ लुगा सम्झन्छु’

152
Shares

डा. पुकारचन्द्र श्रेष्ठ मृर्गौला रोग बिशेषज्ञ एवं मानव अगं प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख हुन्। लामो समय सम्म विदेशमा रहेर नेपालमा नै केही गर्नु पर्छ भनेर फर्किएका उनै डाक्टर पुकारले बालापनका आफ्नो दशैं यसरी सम्झिए ।

मेरो पुख्यौँली थलो बाग्लुङ, अनि म बाग्लुङको मान्छे । त्यसैले मेरो बाल्यकाल बाग्लुङमा नै वित्यो। त्यसैले दशैं भन्ने बित्तीकै मैले सबै भन्दा पहिले बाग्लुङनै सम्झन्छु । अनि सानो बेलाको दशैं सम्झन्छु । म परिवारको सबै भन्दा कान्छो छोरा थिएँ।

बुवा सरकारी जागिरे । विभिन्न जिल्लामा सरुवा हुन्थ्यो । घरमा कहिलेकाँही मात्रैआउनुहुन्थ्यो । तर दशैंंमा भने सधै जसो । दशैंमा बुवा घर आउँदा कपडा अन्य सामान ल्याइदिने हुदाँ मेरो लागि दशैँ विशेष हुन्थ्यो ।

बर्षदिन भरी आमा सगं एक्लौटीरुपमा बसेको भएर होला दशैँमा बुवा आउदाँ घरको माहोलनै फरक हुने गर्दथ्यो । त्यसैले असार पछि दशैं कहिले आउँछ भनेर आमाहरुसंग सोध्ने गर्दथें ।

अहिले पनि दशैं भन्ने वित्तीकै मैले धेरै मिस गर्ने बाग्लुङ कालिका मन्दिर हो । त्यहाँ लाग्ने मेला हो । दशैँमा लाग्ने बाग्लुङको बेलामा धेरै खेलहरु हुन्थे जसमा म भाग लिएर उत्कृष्ट हुने गर्थे जसले गर्दा पनि मलाई दशै विशेष लाग्थो।

बुबाले ल्याइदिएको नयाँ लुगा दशैमा लगाउन पाउँदा त्यसै त्यसै फुरुंग हुन्थे । तर दशैमा टिका लगाएर पाइने दक्षिणाको भने मलाई कहिल्यै अनुभव भएन। छोरी मान्छेले दक्षिणा पाउने हामी छोरा मान्छेले नपाउँने भन्ने चलन थियो । त्यसैले होला ।

दशैँ लाग्ने बित्तिकै बाग्लुङको हाम्रो घर छेउमा ठूलो लिङ्गे पिङ राखेको हुन्थ्यो । म त्यो पिङ खेल्न दिदीहरुसंग जाने गर्दथें । चङ्गा पनि धेरै नै उडाउँथे ।

विदेशमा हुँदा दशैंको याद झन बढी

पछि ठूलो भएपछि पछि अध्ययनको सिलसिलामा विदेश जानुपरयो । त्यो बेला दशैंको झन बढी याद हुने रहेछ । बेलायत बस्दा मैले घरपरिबार निकै सम्झन्थें तर नेपालबाट गएका साथीभाईहरुसंग बसेर दशैँ मनाइन्थ्यो ।

 

 

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *