नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. थापा विजयी

328
Shares

काठमाडौँ, २ असोज । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.नारायण विक्रम थापा विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी डा पुष्पमणि खराललाई ५२ मतले पछि पार्दै डा थापा विजयी भएका हुन् ।

डा थापाले  २५१० मत ल्याएका थिए । उनलाई पछ््याएका डा खरालको २ ४५८ मत आएको थियो । तेस्रो स्थानमा रहेका उपाध्यक्षका अर्का उम्मेदवार डा सतिशकुमार देवले भने १८९८ मत मै चित्त बुझाउनु परयो ।

सदस्यहरु तर्फ डा कालुसिंह खत्रीले सबैभन्दा बढी ३६४५ मत ल्याएर विजयी भएका छन् । त्यसपछि सबैभन्द बढी डा सुनिलकुमार साह बीले ३०३० मत ल्याई विजयी भएका हुन् । तेस्रो स्थानमा डा अंकुर साह आएका छन् । उनले ३०२१ मत ल्याए ।

विजयी अन्य सदस्यहरुमा डा कृष्ण खरेल २३९३, डा शिवजी पौडेल २३६५, डा विश्वराज दवाडी २२४५, डा खुस्बु प्रिया २११२ र डा मनोजमान श्रेष्ठ १८८८ मतका साथ विजयी भएका छन् ।

जम्मा ७ हजार ६८ मत खसेको थियो ।

हेर्नुहोस् अन्य सदस्यहरुको मत

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *