बाढी पीडितको उपचारका लागि दुई विदेशी संस्थाले दिए १५ लाखको औषधि

0
Shares

काठमडौँ, २१ भदौ । बाढी प्रभावित क्षेत्रको बासिन्दाको स्वास्थ्य उपचारमा सहयोग पुरयाउन भन्दै स्वीस संस्था फेयरमेड र अमेरिकी संस्था अमेरिकियरले स्वास्थ्य मन्त्रालय अन्तरगर्तको विपत व्यवस्थापन समितिलाई १५ लाख बराबरको औषधि उपलव्ध गराएको छ ।

विभागमा आज आयोजित कार्यक्रममा संस्थाका तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तलाई सो औषधि हस्तान्तरण भयो ।

विपत व्यवस्थापन समिति प्रमुख समेत रहेका विभागका उप महानिर्देशक चुणामणी भण्डारीले फेयर मेडले १० लाख र अमेरिकियरले ५ लाख बराबरको औषधि हस्तान्तरण गरेको बताए । उनले एन्टीबायोटिक, एलर्जी सम्वन्धी, क्लोरिन ट्यावलेट, घाउ तथा छालामा प्रयोग हुने मल्हम लगायतका औषधिहरु रहेको जानकारी दिए ।

गत साउनको अन्तिम साता परेको भिषण बर्षा पछि आएको बाढीले विशेष गरी तराईका जिल्लाहरुमा धनजनको क्षति पुरयाएको थियो । स्वास्थ्यले बाढी प्रभावित क्षेत्रमा विशेष शिविर तथा औषधोपचारका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *