स्वास्थ्यको बार्षिक समिक्षा काठमाडौँमा, आगामी ४ देखि ८ असोजसम्म चल्ने

0
Shares

काठमाडौँ, १९ भदौ । स्वास्थ्य मन्त्रालयले आगामी ४ देखि ८ असोजसम्म बार्षिक समिक्षा गोष्ठि गर्ने भएको छ । अघिल्ला बर्षहरुमा मन्त्रालयले पाँच विकास क्षेत्रमा समिक्षा सकेर काठमाडौँमा केन्द्रीय समिक्षा गोष्ठी गर्ने गरेको थियो । यसपटक भने अन्त समिक्षा नगरी एकैपटक काठमाडौँमा गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारीले यसपटक केन्द्रमा मात्रै समिक्षा हुने बताए । उनले आगामी ४ देखि ८ असोजमा जिल्ला, क्षेत्र, विभाग तथा महाशाखा र प्रतिष्ठानका प्रमुखहरु राजधानीमा आउने र समिक्षा हुने बताए ।

मन्त्रालयले त्रिपुरेश्वरस्थि युनाइटेड वल्र्डटेड सेन्टरमा समिक्षा गर्ने तयारी गरेको छ । उपमहानिर्देशक भण्डारीले अघिल्ला समिक्षाहरुमा क्षेत्रीय रुपमा गरेजस्तै यसपटक प्रदेशस्तरमा छुट्याएर समिक्षा हुने समेत बताए ।

अघिल्ला बर्षहरुमा महिनादिन सम्म समिक्षामै भुल्नुपर्ने र समय खेर जाने गरेको भन्दै यसपटक छोटोसमयमा प्रभावकारी ढंगले समिक्षा गर्न लागिएको उनले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *