यी हुन् लोकसेवाको प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा भएका पाँच डाक्टर

4.7k
Shares

काठमाडौँ, ९ भदौ । लोकसेवा आयोगले लिएको परीक्षा पास गरी ५ जना डाक्टर एघारौँ तहमा बढुवा भएका छन् ।

बढुवा हुनेहरुमा मेडिकल जनरलिष्ट समूहतर्फको महिला कोटाबाट प्रमुख कन्सलटेन्ट मेडिकल जनरलिष्टमा डा. मनीषा रावल, रेडियोलोजिष्ट समूहबाट महिला कोटा तर्फ प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्टमा डा. ममता भट्टराई कोइराला, सर्जरी समूहको बर्न तथा प्लास्टिक सर्जरी उपसमूहबाट आन्तरिकप्रतिस्पर्धाबाट प्रमुख कन्सलटेन्ट प्लाष्टिक सर्जन पदमा डा. पीयूष दाहाल बढुवा भएका छन् ।

त्यस्तै मेडिसिन समूह नेफ्रोलोजी उपसमूह एघारौँ तहमा खुल्ला तर्फबाट प्रमुख कन्सलटेन्ट नेफ्रोलोजिष्ट पदमा डा. रजनी हाडा छनौट भएकी छन् । मेडिसिन समूह जनरल मेडिसिन उपसमूह एघारौँ तह खुल्ला तर्फबाट प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन पदमा डा. राजन पाण्डे सिफारिस भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *