पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा १० स्टाफ नर्ससहित १६ जनाका लागि रोजगारीको अवसर

काठमाडौैँ, १ मंसिर । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न प्राविधिक पदमा १६ जना कर्मचारी करार सेवामा भर्ना गर्न दरखास्त आह्वान गरेको छ।
अस्पतालले आज एक सार्वजनिक सूचना जारी गर्दै स्टाफ नर्स १० जना, अ.न.मी. ४ जना, रेडियोग्राफी टेक्निसियन १ जना र ल्याब असिस्टेन्ट १ जना गरी कुल १६ जना जनशक्ति माग गरेको हो।
इच्छुक योग्य नेपाली नागरिकले मंसिर १५ गते कार्यालय समयभित्र अस्पतालमा आवेदन पेस गर्न सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।
आवेदकले शैक्षिक योग्यता, नागरिकता, सम्बन्धित परिषद्को अद्यावधिक प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि र बायोडाटासहित आवेदन दिनुपर्नेछ ।
लिखित परीक्षा मंसिर २२ गते र प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता मंसिर २९ गते सञ्चालन हुनेछ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


