भक्तपुरकी १०१ वर्षीया बृद्धाको घाँटीमा अडकिएको मासुको डल्लो पाटन अस्पतालका चिकित्सकले निकालिदिए

घाँटीमा हड्डी वा मासु अड्किन नदिन के गर्ने ?
624
Shares
अस्पतालमा उपचाररत १०१ वर्षीया बृद्धासंग उपचारमा सम्लग्न चिकित्सक टिमसंगै परिवारका सदस्यहरु

ललितपुर, ५ कात्तिक । भक्तपुरकी १०१ वर्षीया बृद्धाको घाँटीमा अड्किएको मासुको डल्लो पाटन अस्पतालका चिकित्सकहरुले निकालिदिएका छन् ।

शताब्दी उमेर नाघेकी बृद्धाको गत शनिबार विहान खाना खाने क्रममा मासुको डल्लो घाँटीमा अड्किएको थियो । मासु अड्किएर छट्पटाएकी बृद्धालाई तत्काल परिवारले पाटन अस्पताल लगेका थिए ।

त्यहाँका नाक कान घाँटी (ईएनटी) चिकित्सकहरुको समूहले रिजिड ईसोफागोसकोपी) गरी निकालिदिएका दिएका हुन् ।

उपचारमा सम्लग्न इएनटी विशेषज्ञ डा. लिजन महर्जनले बृद्धा महिलालाई बेहोस गरेर घाटीमा अड्किएको ‘बफ’ मासु ‘रिजिड इसोफागोसकोपी’ गरी निकालिएको बताए । उनले बयोबृद्धा बिरामीमा दमको समस्या समेत भएकोले अहिले पाटनमै दमको उपचार भइरहेको जानकारी दिए ।

बयोबृद्धाको घाँटीमा अड्किएको मासु निकाल्न शनिबार डा. महर्जनसंगै डा. बिदुर अधिकारी, डा. ओम झा खटिएका थिए । यस्तै एनेस्थेसियामा डा. कृतिमाया गुरुङ र डा. रोशन खड्का थिए ।

उपचारका क्रममा लिईएको एक्सरे र निकालिएको मासुको डल्लो

डा. महर्जन बृद्ध बृद्धा तथा बालबालिकाहरुमा दाँत नहुने र दाँत नभएकोले मासु नचपाईँकन खाने बानी भएकाले मासु अड्कने जोखिम बढी हुने बताउँछन् । उनले धेरै जसो यस्तो केशहरु बढी मासु खाईने चाडपर्वमा हुने गरेको समेत बताए ।

डा. महर्जन यसरी घाँटीमा अड्किएका मासु तथा वस्तुहरु समयमै ननिकाले खाना खाने नलीमा इन्फेक्सन हुने, पिप जम्ने, खाना खाने नली प्वाल पर्ने, श्वास नलिमा असर गर्ने, फोक्सो वा मुटुसम्म समेत असर गर्ने र कहिलेकाँही मृत्युको जोखिम समेत हुने बताउँछन् ।

घाँटीमा हड्डी वा मासु अड्किन नदिन के गर्ने ?
डा. महर्जन घाँटीमा हड्डी वा मासु अड्किन नदिनका लागि पूर्व सावधानी अपनाउन सकिने बताएका छन् । उनी भन्छन्,

  • मासु पकाउँदा स सानो टुक्रा गरी पकाउने ।
  • मासु खाँदा चम्चा काँटाको सट्टा हातले केलाएर खाने ।
  • खाँदा हतार नगर्ने र निल्नु अघि राम्रोसंग चपाएर मात्रै निल्ने ।
  • दाँत फुक्लेको छ भने दाँत बनाउने ।
  • खाना खाँदा ध्यान दिएर खाने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *