स्वास्थ्य सेवा विभागको महानिर्देशक बने डा. विकास देवकोटा

काठमाडौँ, ६ असोज । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटाले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
डा देवकोटा स्वास्थ्य मन्त्रालयका १२ औं तहका अतिरिक्त सचिव हुन्। विभागमा १२औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था रहेको छ।
यसअघि महानिर्देशक रहेकी डा संगिता मिश्रलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको । डा मिश्र पनि १२औं तहकी अतिरिक्त सचिव हुन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



