कार्वोप्लाटिन र सिस्प्लाटिनको मूल्य नेपालमा भन्दा भारतमा ७१ प्रतिशत सम्म बढी !

60
Shares

काठमाडौँ, ३० जेठ । भारतको केन्द्रीय सरकारले बुधबार क्यान्सर रोगको उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिनको मूल्य बढाउने निर्णय गरेको थियो । सोही अनुसार भारतको राजपत्रमा शुक्रबार  ती औषधीको मूल्य बृद्धि सहितको सूचना प्रकाशित भएको छ ।

त्यहाँ (भारत)को मूल्य अहिले नेपालको मूल्य भन्दा ७१ प्रतिशतले बढी हुन आएको नेपाल औषधी आयातकर्ता संघले बताएको छ ।

संघका अध्यक्ष पवन आचार्यका अनुसार अहिले कार्वोप्लाटिन १५० ग्राम इन्जेक्सनको मूल्य नेपालमा १३९३ रुपैयाँ ८७ पैसा तोकिएको छ । तर भारतमा यहि इन्जेक्सनको मूल्य नेपाली रुपैयाँ २२८६ रुपैयाँ ८५ पैसा (६४.०६ प्रतिशत बढी) तोकिएको छ ।
यस्तै कार्बोप्लाटिन ४५० एमजीको नेपालमा मूल्य ४१३० रुपैयाँ ७७ पैसा तोकिएको छ । तर भारतमा ६ हजार ८५९ रुपैयाँ ९४ पैसा (६६.०७ प्रतिशत बढी) रहेको छ ।

यस्तै सिस्प्लाटिन इन्जेक्सन १५० एमजीको नेपालमा मूल्य १४९ रुपैयाँ ८७ पैसा तोकिएको छ । तर भारतमा १८२ रुपैयाँ ९५ पैसा (२२.०७ प्रतिशत बढी) तोकिएको छ । यस्तै ४५० एमजी सिस्प्लाटिन इन्जेक्सनको मूल्य नेपालमा ५३२ रुपैयाँ २१ पैसा तोकिदा भारतमा भने ९१४ रुपैयाँ ७६ पैसा (७१.८८ प्रतिशत बढी) तोकिएको छ ।

‘अहिलेसम्म त हामीले जेनतेन औषधी आयात गरेका थियौँ । तर उहाँको सरकारले यसरी मूल्य बढाइदियो । नेपाल सरकारले तोकेको मूल्य भन्दा कैयौँ बढी छ । अब नेपाल सरकारले तत्काल मूल्य समायोजन नगरे औषधी आयातमा समस्या हुने देखिएको छ ‘ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आयातकर्ता तथा औषधी व्यवसायीसंग नियमित छलफलमा रहेको भन्दै आवश्यक निर्णय लिईने बताएका छन् । यता औषधी व्यवस्था विभागले पनि पछिल्लो परिस्थितिलाई ध्यानमा राखेको भन्दै अब छिटै बस्ने औषधी परामर्श परिषद्को बैठकबाट पछिल्लो समय देखिएको समस्याको समाधानको बाटो खोज्ने जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताले नागरिकको स्वास्थ्य भन्दा ठूलो केही नहुने भन्दै औषधीको सहज उपलव्धताका लागि राज्यले सबै विकल्पहरुमा छलफल गरेर अघि बढ्ने बताएकी छन् ।

उनले अहिले अभाव देखिएका औषधीहरुको सन्दर्भमा पनि आयातकर्ता, व्यवसायीहरुसंग समन्वय गरेर अघि बढ्न विभागलाई निर्देशन दिएको बताएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *