एमबीबीएस पढाउन थपिए तीन सरकारी प्रतिष्ठान, दिईयो ५०-५० सिट

816
Shares

काठमाडौँ, २१ भदौ । यसवर्ष देखि देशमा चिकित्सा शिक्षा तर्फ एमबीबीएस अध्यापन गराउने तीनवा सरकारी प्रतिष्ठान थपिएका छन् ।

चिकित्सा शिक्षा आयोगले आज एमबीबीएस अध्ययन् गराउने कलेज तथा प्रतिष्ठानको लिष्ट सार्वजनिक गर्दा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम उल्लेख छ । \

यी तीनवटै प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी ५० – ५० को दरले सिट निर्धारण भएको छ ।

सरकारले तीन सय शैय्या माथिका अस्पतालहरुमा एमबीबीएस कक्षा सञ्चालन गर्ने नीति अनुरुप यसपटक तीनवटा प्रतिष्ठानले एमबीबीएसको पढाई सञ्चालन गर्न पाउने भएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *