जर्मनीको राजदूतमा सिफारिस डा. रुपाखेतीले ‘फेस’ गरे संसदीय सुनुवाई, सुनाए आफ्ना योजना

140
Shares

काठमाडौ, १६ भदौ ।  जर्मनीको राजदूतमा सिफारिस भएका डा. शैल रुपाखेतीले संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना पेश गरेका छन् । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत रुपाखेतीले १९ पेज लामो कार्य योजना पेस गरेका हुन् ।

उनले पेस गरेको कार्य योजनामा आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा महत्त्वपूर्ण काम गर्ने जनाएका छन् ।

त्यसैगरी उच्चस्तरीय भ्रमण, वैदेशिक सहायता र दुई देशबिचको सम्बन्धलाई थप उचाइमा लैजाने रुपाखेतीको कार्य योजनामा समेटिएको छ ।

डा रुपाखेतीलाई जर्मनीको राजदूतमा सिपारिस गर्दा पूर्वी उत्तरी र दक्षिणी युरोपका अरु ९ मुलुकको गैरआवासीय नेपाली राजदूतको भूमिका समेत दिइएको छ । बैठकमा उनले ती देशसंग समेत सम्वन्ध विस्तार गरी देशका हितका लागि काम गर्ने योजना सुनएका थिए ।

गत १४ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले डा रुपाखेतीलाई जर्मनीसहित विभिन्न देशका लागि सिफारिस राजदूतहरूको सिफारिस गरेको थियो । त्यसबेला सिफारिसमा परेकाहरुको सुनुवाइ आजबाट सुरु भएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *