लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बने डा. बासुदेव उपाध्याय

1.5k
Shares

 

काठमाडौँ, १ जेठ । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. बासुदेव जनार्दन उपाध्यायले पाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए ।

उपाध्यायलाई सचिवको जिम्मेवारी दिएसंगै लुम्बिनीका स्वास्थ्य सचिव डा जनार्दन पन्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन् ।

२७ बैशाखको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको स्वास्थ्य सचिव पनि परिवर्तन गरेको छ । त्यहाँ डा राधिका थपलियालाई सचिवको जिम्मेवारीमा पठाएको छ भने डा सुधा शर्मालाई स्वास्थ्य मन्त्रालय फिर्ता गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *