मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

280
Shares

काठमाडौँ, २१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कारबाहीको चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो ।

मन्त्रालयले  स्वास्थ्यसेवासँग सम्बन्धित् संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायतका संस्थालाई तत्काल स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न अनुरोध समेत गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *