आर्कटिक टापुमा बर्ड फ्लुका कारण सामुद्रिक जनावर वालरसको मृत्यु

ओस्लो । नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण सामुद्रिक जनावर वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको अनुसन्धानकर्ताले सोमबार बताएका छन् ।

नर्वेजियन पोलर इन्स्टिच्युटका क्रिस्टियन लिडरसेनले एएफपीसँग भने, “गत वर्ष स्वाल्बार्ड द्वीपसमूहको होपेन टापुमा बर्ड फ्लुका कारण मृत्यु भएको वालरस फेला परेको थियो ।”

जर्मनीको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त मृत वालरसमा बर्ड फ्लु देखिएको लिडर्सनले बताउनुभयो ।

यो नमूना एचफाइभ एनवन वा एचफाइभ एन–एट स्ट्रेन हो भनेर निर्धारण गर्न धेरै सानो आधार भेटिएको थियो । “वालरसमा बर्डफ्लु देखिएको यो पहिलो पटक हो,” लिडरसेनले भन्नुभयो ।

उत्तरी ध्रुवबाट करिब एक हजार किलोमिटर टाढा र मुख्य भूमि नर्वे र उत्तरी ध्रुवको बीचमा रहेको स्वाल्बार्ड टापुमा गत वर्ष करिब ६ वटा मृत वालरस फेला परेका थिए ।

लिडर्सनले तीमध्ये केहीलाई बर्डफ्लु भएको कुरा ‘असम्भव’ नभएको बताए ।

दुई टनसम्म वजन हुने वालरसले मुख्यतया माछा,सेलफिस र कहिलेकाँही समुद्री चराहरू पनि खान्छ ।

लिडर्सनका अनुसार गर्मी याममा हिउँ पग्लने बेलामा वालरस एकसाथ भेला हुने भएकाले विकासको अनुगमन गर्न जरुरी छ ।

सङ्क्रमित वालरस खाँने हुँदा उत्तर ध्रुवीय क्षेत्रमा पाइने भालुबाट पनि बर्ड फ्लुको जोखिम हुन सक्छ ।

बर्डफ्लुले सन् २०२० देखि फार्मका जनावरमा ठूलो असर पारेको छ ।

दक्षिण अमेरिकामा बर्ड फ्लुका कारण हजारौं समुद्री स्तनधारी जनावरको मृत्यु भएको अन्टार्कटिकका अनुसन्धाताहरुले बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *