श्रीलङ्कामा सन् २०२० देखि मृत्युदरमा वृद्धि र जन्मदरमा कमी

कोलम्बो । श्रीलङ्का रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलङ्कामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताइका छन् ।
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए ।
उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए ।
सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलङ्काको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *