स्वास्थ्य र अन्य सेवाका गरी एकै पटक ११ सयभन्दा बढी कर्मचारी माग

440
Shares

काठमाडौँ, ८ पुस । बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ।

बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो ।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक सङ्ख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन माग गरिएको जानकारी दिए ।

उनले यति धेरै सङ्ख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको बताए ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको छ ।

हेर्नुहोस विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *