शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदका लागि १० जनाको दरखास्त

396
Shares

काठमाडौँ, ३ मंसिर । कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदका लागि १० जनाको दरखास्त परेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार दरखास्त दिनेहरुमा चन्द्र प्रकाश भट्ट, प्रमोद कुमार यादव, डवल बहादुर धामी, खेमराज जोशी, शिवप्रसाद सापकोटा रहेका छन् ।

यस्तै डमरु पनेरु, गोविन्द्र सिंह विष्ट, शिला मैनाली, भिम बहादुर चन्द र पदम राज जोशीले पनि उम्मेदवारी दिएका छन्।

रजिष्ट्रार पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, उच्च शिक्षामा प्राध्यापन वा प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनको पदमा वा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पद वा सो भन्दा माथिको पदमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको र शैक्षिक, प्राज्ञिक उन्नयन वा प्रशासनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *