भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी, कुन पदमा कति ?
काठमाडौँ, ४ मंसिर । भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै मेडिकल अफिसर दुई जना, स्टाफ नर्स चार जना, फार्मेसी सहायक तीन जना र रिसेप्सनिष्ट २ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।
लिखित, अन्तर्वाता र प्रयोगात्मक प्रक्रियाबाट कर्मचारी छनोट गरिने छ ।
इच्छुक उम्मेदवारले सोमबारको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जारी सूचनामाउल्लेख छ ।