भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी, कुन पदमा कति ?

काठमाडौँ, ४ मंसिर । भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै मेडिकल अफिसर दुई जना, स्टाफ नर्स चार जना, फार्मेसी सहायक तीन जना र रिसेप्सनिष्ट २ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।
लिखित, अन्तर्वाता र प्रयोगात्मक प्रक्रियाबाट कर्मचारी छनोट गरिने छ ।
इच्छुक उम्मेदवारले सोमबारको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जारी सूचनामाउल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



