आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय उठ्यो संसद्मा

काठमाडौँ, ३० भदौ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठेको छ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद समीक्षा बास्कोटाले दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य उपचारसँग जोडिएको संवेदनशीलता र गोपनीयताको प्रश्न उठाएको बताइन्।
उनले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने समेत बताएकी छन् ।
उनले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता र संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिनुपर्ने उल्लेख गर्दै त्यस्तो स्थानमा अन्तर्वार्ता लिनु र त्यसका लागि अनुमति दिनु दुवै गम्भीर विषय भएको बताइन्।
यूटुबर सुरजसिंह ठकुरीले अस्पतालको आइसीयू भित्रै उपचाररत दुई बिरामीकोअन्तर्वार्ता लिएका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



