नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

एजेन्सी । नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सर हुने खतरा कम हुने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरुले नियमित रुपमा हुने स्खलनले प्रोस्टेटमा क्यान्सर गराउने तत्व जम्मा हुन नपाउने भन्दै यसले क्यान्सर हुने सम्भावनालाई क मगर्ने बताएका हुन् ।

तर उनीहरुले यौन सम्पर्कबाट हुने स्खलनले हस्तमैथुनले जस्तो सुरक्षा हुन नसक्ने स्पष्ट पारेका छन् । उनीहरुले भनेका छन्, ‘हस्त मैथुनमा संक्रमणको जोखिम हुँदैन तर यौन सम्पर्क गर्दा संक्रमण संकुचन हुने सम्भावना हुन्छ र जसबाट क्यान्सरको जोखिम पनि बढ्न सक्छ ।’

यो अनुसन्धान अष्ट्रेलियामा भएको हो । त्यहाँका अनुसन्धानकर्ताहरुले प्रोष्टेट क्यान्सर भएका एक हजार जना बढी पुरुषहरु र आफ्नो यौन बानी नभएका १ हजार २५० जनालाई प्रश्न गरेका थिए । उनीहरुले २० देखि ५० बर्षका बीचमा सबैभन्दा बढी वीर्य स्खलन भएकाहरुलाई क्यान्सर हुने सम्भावना कम भएको पाए ।

यसअघि गरिएको एक अनुसन्धानले धेरै जनासंग यौन सम्पर्क गर्ने पुरुषहरुमा प्रोष्टेट क्यान्सरको जोखिम ४० प्रतिशतले बढी हुने देखाएको थियो ।

विज्ञहरु भन्छन्, ‘वीर्य स्खलनले प्रोस्टेट ग्रन्थीमा कार्सिनोजेनहरु जम्मा हुनबाट रोक्न सक्छ ।’

प्रोस्टेट ग्रन्थीमा स्खलनको समयमा वीर्यमा एक तरल पदार्थ प्रदान गर्दछ । जसले शुक्राणुलाई सक्रिय बनाउँछ र तिनीहरुलाई एक साथ टाँस्नबाट रोक्छ ।

मेलवर्नको ला ट्रोब युनिभर्सिटीका अस्ट्रेलियन रिसर्च सेन्टर इन सेक्स हेल्थ एण्ड सोसाइटीका उपनिर्देशक एन्थोनी स्मिथ भन्छन्, ‘यदि यी निस्कर्षहरु रही रहने हो भने पुरुषहरुलाई हस्तमैथुन गर्न प्रोत्साहन दिनु एकदमै उचीत छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *