यौन जीवनका विविध पक्ष समेटिएको पुस्तक ‘सुहागरात बजारमा

काठमाडौं। शरीरक्रिया विज्ञान अर्थात फिजियोलोजीका प्राडा दिनेश बाँस्तोलाको ‘पुस्तक सुहागरात स् पहिलो यौनदेखि बुढेसकालसम्म’ प्रकाशित भएको छ।

डा. बाँस्तोलाले विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा ‘सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म’ पुस्तक पाठकसामु ल्याएका हुन्।

लेखकको अनुरोधमा आफ्ना छरिएर रहेका लेखहरु एउटै पुस्तकमा पढ्न मिलोस् भन्ने उदेश्यले लेखहरु सङ्कलन गरी पुस्तकको रूपमा तयार गरिएको पुस्तकका प्रकाशक तथा सम्पादक उपेन्द्र खड्काले बताए।

पुस्तक प्रकाशित भएपछि त्यसबारे जानकारी दिदै लेखक प्राडा बाँस्तोलाले सृष्टि चक्र देखि व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि यौन सम्वन्ध जरुरी रहेको भन्दै तिनै विषय पुस्तकमा समेटिएको बताए ।

यौनको विषयमा चिकित्सकीय दृष्टिकोण तथा यथार्थता पुस्तकमा समावेश छ । व्यक्तिको शारीरिक तथा मानसिक, पारिवारिक, सामाजिक, सांस्कारिक र आर्थिक लगायतका दृष्टिकोणमा यौन सम्बन्धी भ्रम र यथार्थतालाई पुस्तकमा समेटिएको छ।

यसैगरी यौनजन्य कुण्ठा तथा यौनजन्य समस्या र यौन अनुशासनहीनताका कारणले पर्ने प्रभाव लगायतका विषय पुस्तकमा छन्। पुस्तकका प्रकाशक खड्काले भने ‘यो पुस्तक डा.बाँस्स्तोलाले चार दशकभन्दा लामो समयको सेवाकालमा अध्ययन गर्नुभएको यौन शिक्षासँग सम्बन्धित विषयको संगालो हो।’

‘यौन शिक्षासँग सम्बन्धित विषयलाई समेटेर डा. बाँस्तोलाले व्यक्तिमा शारीरिक तथा मानसिक रूपमा यौनजन्य समस्या निम्तिनुका कारण, यौनजन्य समस्याले निम्त्याउने समस्या र यसका समाधानका उपायका विषयलाई समेटेर सरल ढंले लेखहरू प्रस्तुत गर्नुभएको छ,’उनले भने ।

८० शीर्षकमा सुहागरात

शरीर क्रिया विज्ञान र यौनबीचको सम्बन्ध, प्राकृतिक यौन, अस्वस्थ यौनका कारण यौनजोडीबीचमा उत्पन्न हुनसक्ने उत्तरचढाव तथा समस्या लगायतका विषयमा चिकित्सकीय दृष्टिकोणले यौन शिक्षा दिनु पुस्तकको उद्धेश्य भएको खड्काले बताए ।

सुहागरात पुस्तकमा ८० वटा शीर्षककामा लेख छन्।

पुस्तकमा सुहागरात, यौन आसन, यौनका लागि कुन समय ठीकरु, पहिलो यौन उत्सव, उमेरको असन्तुलनमा यौन, बालबालिका सुतेको कोठामा यौन गर्दाको जोखिम, यौनमा शरीर र मनको भूमिका, यौन कुण्ठा र मानसिक अवस्थाको सम्बन्ध जस्ता शीर्षमा यो पुस्तकमा समेटिएका छन्।

त्यसैगरी यौन कौतुहलताको व्यवस्थापन, विवाहअघि जोडीको परीक्षण, कुमार–कुमारीङ्खव तोडिँदाको क्षण, रजश्वला ः धार्मिक–सामाजिक बन्देज र व्यवस्थापन, सुत्केरीपछिको यौन जीवन, स्तनपान र यौन उत्तेजना, प्रतिस्पर्धात्मक खेल खेल्न नजाने यौन कार्यमा असन्तुष्ट, आपतकालीन गर्भ बसे के गर्ने रु भन्ने जस्ता विषय पुस्तकमा रहेका छन्।

त्यसैगरी परिवार योजनाका विधि, बच्चा नहुने जोखिम, हस्तमैथुनले बाँझोपन बढाउँछ, गर्भधारणको उपाय, उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम, गलग्रन्थीले यौनमा समस्या, बन्ध्याकरणले यौन शक्ति घट्दैन, साइबर यौनको जोखिम, सेक्स टोयको जोखिम, यौन र खानाको सम्बन्ध, यौनमा मौसमको प्रभाव, भट्टीमा सवारी चालकको यौनकर्म, पेशामा यौनको प्रभाव, धर्मगुरुको यौन कुण्ठा, बुढेसकालको यौन जस्ता विषय ‘सुहागरात’ पुस्तकमा समावेश छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *