विकसित देशका मानिसहरूको यौन जीवन घट्दो

यौन सम्पर्कमा कमि हुँदा मानिसहरूमा डिप्रेसन झांगिदै
32
Shares

एजेन्सी । अमेरिका, बेलायत, अष्ट्रेलिया, जर्मनी र जापानलगायत विकसित देशहरूमा मानिसहरूको यौन जीवन पछिल्ला केही दशकयता उल्लेखनीय रूपमा घट्दै गएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई ूसेक्स रिसेसन को संज्ञा दिएका छन्।

हालै प्रकाशित विश्लेषणका अनुसार सन् १९९० मा १८ देखि ६४ वर्ष उमेर समूहका करिब ५५ प्रतिशत मानिसले कम्तीमा हप्तामा एकपटक यौन सम्पर्क गर्ने बताएका थिए।

सन् २०२४ सम्म आइपुग्दा यो अनुपात घटेर ३७ प्रतिशत मा झरेको छ। यो प्रवृत्ति विवाहित र अविवाहित दुवै समूह तथा विभिन्न यौन अभिमुखीकरण भएका व्यक्तिहरूमा पनि देखिएको अध्ययनले जनाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार अमेरिका मात्र होइन, बेलायत, अष्ट्रेलिया, जर्मनी र जापानजस्ता विकसित देशहरूमा पनि यौन सम्पर्कको आवृत्ति घट्दै गएको छ। यही अवधिमा धेरै देशमा जन्मदर पनि घटेको तथ्यांकले देखाएको छ, यद्यपि यौन सम्पर्कमा आएको कमी र जन्मदरबीच प्रत्यक्ष कारण–परिणाम सम्बन्ध भने अझै स्पष्ट रूपमा स्थापित भएको छैन।

किन घट्दै छ यौन सम्पर्क ?

विज्ञहरूले यसका पछाडि धेरै सम्भावित कारण औँल्याएका छन्। आर्थिक तनाव, बढ्दो मानसिक दबाब, सामाजिक सम्बन्ध कमजोर बन्दै जानु, डिजिटल मनोरञ्जनमा बढ्दो समय, सामाजिक सञ्जालको प्रभाव तथा केही औषधिको दुष्प्रभाव प्रमुख कारण हुन सक्ने अध्ययनहरूले संकेत गरेका छन्।

पुरुषहरूमा उमेरसँगै वा अन्य कारणले टेस्टोस्टेरोनको स्तर घट्दा पनि यौन इच्छा र यौन कार्यक्षमतामा असर पर्न सक्ने विभिन्न अनुसन्धानले देखाएका छन्।

नियमित यौन सम्पर्कले मानसिक स्वास्थ्य बलियो

सन् २०२५ मा करिब १६ हजार वयस्कलाई समेटेर गरिएको एक अध्ययनले महिनामा एकपटकभन्दा कम यौन सम्पर्क गर्नेहरूको तुलनामा हप्तामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने पुरुष र महिलामा डिप्रेसनको सम्भावना कम देखिएको जनाएको छ।

यद्यपि अनुसन्धानकर्ताहरूले यसलाई सम्बन्ध मात्र भएको स्पष्ट पारेका छन्। अर्थात्, हप्तामा एकपटक यौन सम्पर्कले नै डिप्रेसन रोक्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर मानसिक स्वास्थ्य राम्रो भएका व्यक्तिहरू स्वाभाविक रूपमा बढी यौन सक्रिय हुन सक्ने सम्भावना पनि अध्ययनले स्वीकार गरेको छ।

यसैगरी ५० वर्षभन्दा माथिका १ हजार ३२६ पुरुषमा गरिएको अर्को अध्ययनले यौन इच्छा र यौन गतिविधिमा कमी आएको बताएका पुरुषहरूमा जीवनप्रतिको सन्तुष्टि कम र डिप्रेसनको दर बढी रहेको देखाएको छ।

यौन स्वास्थ्यका अनुसन्धानकर्ताहरूका अनुसार यौन सम्पर्कको कुनै ूआदर्शू संख्या छैन। सबै व्यक्तिका लागि एउटै मापदण्ड लागू हुँदैन। सम्बन्धको गुणस्तर, दुवै पक्षको इच्छा, सहमति, शारीरिक तथा मानसिक स्वास्थ्य नै यौन जीवनको मुख्य आधार मानिन्छ।

उनीहरुले भन्छन्, ‘यदि यौन इच्छामा अचानक ठूलो परिवर्तन आएको छ, त्यसले सम्बन्ध वा मानसिक स्वास्थ्यमा असर पारिरहेको छ भने चिकित्सक वा यौन स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु उपयुक्त हुन्छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *