राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पतालमा भर्ना

452
Shares

काठमाडौँ, १८ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेट तथा बाँया कोखा दुख्ने समस्या भएपछि पौडेललाई शनिबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको छाती मुनी पेट तथा वाँया कोखा दुख्ने समस्या भएको छ ।

केही दिन देखि सामान्य समस्या देखियो । त्यसपछि परीक्षण तथा उपचार सुरु गरिएको हो । उपचारमा सम्लग्न चिकित्सक स्रोतले भन्यो ।

अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई हिजो पनि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । हिजो करीव सवा १ बजे तिर अस्पतालमा लगेर उनको अल्ट्रासाउन्ड, एक्सरे, रगत जाँचहरु गरिएको थियो ।

स्वास्थ्य जाँच पछि तीन वजे उनी विस्तारित मन्त्रीमण्डलका नयाँ सदस्यहरुलाई सपथ खुवाउन शितल निवास फर्केका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *