राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पतालमा भर्ना
काठमाडौँ, १८ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेट तथा बाँया कोखा दुख्ने समस्या भएपछि पौडेललाई शनिबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको छाती मुनी पेट तथा वाँया कोखा दुख्ने समस्या भएको छ ।
केही दिन देखि सामान्य समस्या देखियो । त्यसपछि परीक्षण तथा उपचार सुरु गरिएको हो । उपचारमा सम्लग्न चिकित्सक स्रोतले भन्यो ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई हिजो पनि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । हिजो करीव सवा १ बजे तिर अस्पतालमा लगेर उनको अल्ट्रासाउन्ड, एक्सरे, रगत जाँचहरु गरिएको थियो ।
स्वास्थ्य जाँच पछि तीन वजे उनी विस्तारित मन्त्रीमण्डलका नयाँ सदस्यहरुलाई सपथ खुवाउन शितल निवास फर्केका थिए ।