राजमार्ग छेउका मदिराजन्य विज्ञापन १५ दिनभित्र हटाउन भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

काठमाडौँ, ३ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गहरुको छेउमा राखिएका मदिराजन्य विज्ञानपन हटाउन निर्देशन दिएको छ।

मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले राजमार्गहरुको छेउमा राखिएका मदिराजन्य विज्ञानपन हटाउन निर्देशन दिएको हो ।

जसका कारण चालकलाई अवरोध हुने र सडक दुर्घटना बढ्न सक्ने भन्दै मदिराजन्य विज्ञापनका सामाग्रीहरु हटाउन निर्देशन दिएको छ ।

मन्त्रालयले राष्ट्रिय राजमार्गहरुका सडक सीमा भित्र राखिएका मदिरा, चुरोट सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्ने विज्ञानपन १५ दिनभित्र हटाउन सडक विभागलाई निर्देशन दिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *