स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याल, कोशीको मेसुमा डा. रविनमान

काठमाडौँ, १ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले दशौँ तथा एघारौँ तहका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार उनले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याललाई ल्याउने निर्णय गरेका छन् ।

अर्याल सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रकी निर्देशक थिईन् । उनलाई मन्त्रालय ल्याइए पनि सार्कमा भने अहिले कसैलाई पठाइएको छैन् ।

मन्त्री गिरीले समन्वय महाशाखामा अर्याललाई ल्याउँदा त्यहाँ रहेका डा सञ्जय ठाकुरको काज फिर्ता गरिदिएका छन् । काज फिर्ता भएपछि ठाकुर आफ्नो दरबन्दी रहेको वीर अस्पताल फिर्ता भएका छन् ।

यस्तै आइतबार नै कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन समेत परिवर्तन गरिएको छ । कोशीको निमित्त मेसुमा डा रविनमान सिंह नियुक्त गरिएको छ । यसअघिका मेसु डा लक्ष्मीनारायण यादव अस्पतालको पुरानै जिम्मेवारीमा फर्केका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर