सोमबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ, २९ माघ । सरकारले फागुन १ गते भोलि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आजको बसेको मन्त्रिपरिषद् बैठकले भोलि (फागुन १ गते) सोमबार जनयुद्ध दिवसको अवसर पार्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गरेको हो।
माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो।