लुम्बिनी प्रदेशको नयाँ स्वास्थ्य मन्त्री बने विष्णुप्रसाद पन्थी

बुटवल, २९ माघ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी बनेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट कपिलवस्तु १ (क)बाट निर्वाचित भएका थिए ।

उनी सोही क्षेत्रबाट यसअघि पनि निर्वाचित भएका थिए । दोस्रो पटक सांसदमा निर्वाचित पन्थीलाई मुख्य मन्त्री लिला गिरीले स्वास्थ्य मन्त्री बनाएका हुन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका पन्थी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *