आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकको सेवा नदिने चिकित्सक संघको निर्णय

काठमाडौँ, २८ माघ । प्रहरीद्धारा डाक्टर कुटिएको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । उसले भोलि (आइतबार) देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
संघको आज बसेका केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले सेवा ठप्प पार्ने निर्णय गरको अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ ‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको यसै विज्ञप्तीमार्फत जानकारी गराईन्छ ।’
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी चल्दै गर्दा ट्रमा सेन्टर अगाडी खटिएका प्रहरीका हवल्दार शम्भुजंग गुरुङले ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहलाई टाउकोमा लाठी प्रहार गरेका थिए ।
सो आक्रमणको विरोधमा चिकित्सक संघले यस्तो निर्णय गरेको हो ।
हेर्नुहोस विज्ञप्ती

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




