इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले दिए सामूहिक राजीनामा

काठमाडौँ, २७ माघ । सुनसरीको इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् ।

डाक्टरलाई धम्काउने व्यक्तिलाई मेसुले मौन समर्थन गरेको भन्दैं शुक्रबार इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले अस्पताल व्यवस्थापन समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। मेडिकल अधिकृतहरु डा महेशकुमार शाह, डा रतिकुमार यादव, डा आशिष देव, डा अभिषेकुमार सिंह, डा श्रेया पंगेनी, डा कृतिका हमाल, डा दिपेन्द्र मेहता र डा वीरेन्द्र मण्डलले सामूहिक राजीनामा दिएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर