स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले दिए पदबाट राजिनामा

डा. सेनेन्द्रराज उप्रेती

काठमाडौँ, २४ माघ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पदबाट राजिनामा दिएका छन् । उनले आज अपरान्ह स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरी समक्ष राजिनामा बुझाएका हुन् ।  पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम ज्यादै नै फितलो हुँदै आएको छ । डा उप्रेतीले भने व्यवस्थापकीय टिमको कमजोरीका कारण पनि कार्यक्रम भने जसरी अघि बढ्न नसकेको बताउँदै आएका थिए ।

‘केही नीतिगत कारण पनि छन् केही व्यवस्थापकीय कारण पनि छन्, बीमा प्रभावकारी ढंगले अघि बढ्न नसक्नुमा, यस्तो थाहा हुँदा हुँदै म त्यहाँ बसिरहनु उपयुक्त लागेन त्यसेले राजिनामा दिएँ,’ नेपाली हेल्थसंग डा. उप्रेतीले भने ।

विसं २०७२ साल देखि सुृरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् फितलो हुँदै आएको छ । गत साउन देखि धेरै वटा निजी अस्पतालहरुले बीमा कार्यक्रम सञ्चालन गर्न समेत छाडेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *