अध्यक्षमा डा. अनिल बिक्रम कार्की बिजयी, एक जना सदस्य बाहेक सबै पदमा बिजयी बन्यो लोकतान्त्रिक समूह
पेशागत समावेशी समूहबाट सदस्यमा बिजयी बनिन् डा. स्मृति महत
काठमाडौँ, २४ माघ । नेपाल चिकित्सक संघको अध्यक्षमा डा अनिल विक्रम कार्की बिजयी भएका छन् । कुल खसेको ६ हजार २९१ मत मध्ये अध्यक्ष पदमा डा कार्कीले ३ हजार ५३७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी पेशागत समावेशी समूहका डा सन्तोष पौडेलले २ हजार ३२३ मत र स्वतन्त्र समूहबाट उठेका डा शिवजी विक्रम सिलवालले २९० मत प्राप्त गरे ।
यस्तै निर्वाचन भएको मधेश प्रदेशको उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै निरज कुमार सिंह बिजयी भएका छन् । उनले ३ हजार ८१ मत प्राप्त गरे ।
बागमती प्रदेशमा प्रकाश बुढाथोकीले ३ हजार ५५३ मत प्राप्त गरि उपाध्यक्षमा बिजयी भए । उनी यसपटकको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर बिजयी हुने उम्मेद्धार समेत बनेका छन् ।
गण्डकी प्रदेशमा पनि लोकतान्त्रिक समूहका डा राजन शर्माले कुल ३ हजार ३५९ मत प्राप्त गरि बिजयी भए । यस्तै सुदुरपश्चिम प्रदेशमा डा प्रशान्त भट्टले ३ हजार ३५९ मत प्राप्त गरि उपाध्यक्ष पदमा विजयी भए ।
महासचिव पदमा डा सञ्जीव तिवारीले २ हजार ९१८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी रहेका डा अमृत भुसालले १ हजार ५४१ मत र डा रक्षा श्रेष्ठले १ हजार ५०५ मत प्राप्त गरे ।
सदस्यहरुमा डा तेजसुसेन मल्लले ३ हजार ३२१, डा सृजना विष्टले ३ हजार १७८ मत, डा अमित रञ्जन मिश्रले ३ हजार १४८ मत प्राप्त गरि विजयी भए ।
यसैगरी डा डा किशोर खत्री २ हजार ९४६, डा युभिनकुमार यादवको २ हजार ७६८ र डा स्मृति महतको २ हजार ७२१ मत प्राप्त गरि विजयी भएका छन् । डा महत डा सन्तोष पौडेलको पेशागत समावेशी समूहबाट विजयी भएको एक्लो सदस्य हुन् ।
हेरौँ कसको मत कति ?