स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीद्धारा राजिनामा, २० दिन बसिन् कुर्सीमा

काठमाडौँ, २२ माघ । स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले पदबाट राजिनामा दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसंगै राज्यमन्त्री डा कार्कीले पदबाट राजिनामा दिएकी हुन् ।

केहीबेर अघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजिनामा बुझाएकी हुन् । उनीसंगै स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पनि राजिनामा बुझाएका छन् । उनीहरु राजिनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

राज्यमन्त्री कार्की गत ३ माघका दिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी थिईन । उनले त्यस यताको २० दिन मात्रै उनले राज्यमन्त्रीको पद सम्हालिन् ।

स्वास्थ्य बुझेको युवा चिकितसक, तथा अभियन्ताको उपमा बोकेकी कार्की राज्यमन्त्री बनेपछि भने लगातार विवादमा परिरहिन ।
उनको अभिव्यक्ति तथा व्यवहार अपरिपक्व देखिएको धेरैको टिप्पणी थियो ।

त्यसो त स्वास्थ्यमा मन्त्री नेकपा एमालेको र राज्यमन्त्री स्वतन्त्र पार्टीको थियो । दुईपार्टीको मन्त्री र राज्यमन्त्री रहँदा समन्वय अभाव समेत देखिन थालेको थियो । डा कार्कीको बहिरगमन संगै स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री खाली भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *