स्वास्थ्य पत्रकार मञ्च नेपालद्धारा सांसद निशा डाँगीलाई सम्मान

काठमाडौँ, २२ माघ । स्वास्थ्य पत्रकार मञ्च नेपालले सांसद निशा डाँगीलाई सम्मान गरेको छ । मञ्चको आठौँ बार्षिक साधारण सभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको अवसरमा शनिबार आयोजित विशेष समारोहमा अध्यक्ष रामप्रसाद न्यौपानेले उनलाई सम्मान गरेका हुन् ।
गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा डाँगी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन् ।
सांसद डाँगी यसअघि स्वास्थ्य पत्रकारिता गर्दै आएकी थिईन् । उनी स्वास्थ्य पत्रकार मञ्चको सदस्य समेत हुन् ।

न्यौपानेले स्वास्थ्य पत्रकारितामा लामो समय देखि क्रियाशिल तथा मञ्को सदस्य समेत रहेकी डाँगी व्यवस्थापिका संसदको सदस्य पदमा निर्वाचित हुनु स्वास्थ्य पत्रकार मञ्चका लागि खुशीको कुरा हो भन्दै उनलाई सम्मान गरिएको बताए ।

सो अवसरमा बोल्दै सांसद डाँगीले जिम्मेवारी फरक भएपनि आफू स्वास्थ्य क्षेत्रमै क्रियाशिल रहने भन्दै स्वास्थ्यका मुद्धालाई संसदमा दह्रो रुपमा उठान गर्ने बताइन् । उनले आफूलाई सम्मान गरेकोमा मञ्चप्रति खुशी व्यक्त गरिन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




