स्वास्थ्य अनुसन्धान पत्रकारिता पुरस्कार प्रदान गरिने

244
Shares

काठमाडौँ, २२ माघ । अब स्वास्थ्य अनुसन्धानको क्षेत्रमा कलम चलाउने पत्रकार पुरस्कृत हुने भएका छन् । स्वास्थ्य पत्रकार मञ्चसंगको सहकार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पत्रकारिता पुरस्कार दिने भएको हो । केही अघि बसेको परिषद्को बोर्ड बैठकले पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको पाँचौँ अधिवेशनलाई सम्वोधन गर्न पुगेका परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवालीले यसै वर्ष देखि स्वास्थ्य अनुसन्धानको क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिए ।

उनले परिषद्को आयोजनामा हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन तथा बार्षिक उत्सव समारोहमा उत्कृष्ठ युवा बैज्ञानिकहरुलाई पुरस्कृत गरे जस्तै एक जना स्वास्थ्य पत्रकारलाई पनि पुरस्कृत गर्ने निर्णय भएको बताए ।

त्यसका लागि परिषदले कार्यविधि बनाउने, जुरी तयार गर्ने र उत्कृष्ठ एक जना पत्रकार छनौट गर्नेछ ।

यसअघि मञ्चले शिखर सम्मेलनका बेला स्वास्थ्य अनुसन्धानको क्षेत्रमा काम गर्ने पत्रकारलाई पुरस्कृत गर्न परिषद्को ध्यानाकर्षण गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *