चिकित्सक संघको निर्वाचन : दोस्रो दिन खस्यो ९८५ मत

काठमाडौँ, २० माघ । नेपाल चिकित्सक संघको काठमाडौँ उपत्यकामा भएको निर्वाचनको दोस्रो दिन ९८५ मत खसेको छ।

काठमाडौँ उपत्यकाको नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभा कक्ष) मा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा दोस्रो दिन ९८५ मत खसेको हो। बिहीबार पहिलो दिन ५८९ मत खसेको थियो ।

काठमाडौँ उपत्यकामा बिहीबार देखि सुरु भएको निर्वाचन शनिबारसम्म चल्नेछ ।

यसअघि उपत्यका बाहिरका १६ वटा मतदान केन्द्रमा गत ६ र ७ माघमा मतदान सम्पन्न भइसकेको छ । जसमा कुल ३ हजार ६५० मत खसेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर