चिकित्सक संघको निर्वाचन : पहिलो दिन खस्यो ५८९ मत

काठमाडौँ, १९ माघ । नेपाल चिकित्सक संघको काठमाडौँ उपत्यकामा भएको निर्वाचनको पहिलो दिन  ५८९ मत खसेको छ।

काठमाडौँ उपत्यकाको नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभा कक्ष) मा आज बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा पहिलो दिन ५८९ जनाले मतदान गरेका हुन्।

काठमाडौँ उपत्यकामा आज देखि सुरु भएको निर्वाचन तीन दिन (२१ माघ) सम्म चल्नेछ ।

यसअघि उपत्यका बाहिरका १६ वटा मतदान केन्द्रमा गत ६ र ७ माघमा मतदान सम्पन्न भइसकेको छ । जसमा कुल ३ हजार ६५० मत खसेको थियो।

संघको निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।

निर्वाचनमा डा सन्तोष पौडेलले पेशागत समावेशी समूहको नेतृत्व गरेका छन् भने डा अनिलबिक्रम कार्कीले लोकतान्त्रिक समूहको नेतृत्व गरेका छन् । यस्तै डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह पनि निर्वाचन प्रतिस्पर्धामा सहभागी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *