नेपाल चिकित्सक संघको निर्वाचन : आजदेखि काठमाडौँ उपत्यकामा मतदान

140
Shares

काठमाडौँ, १९ माघ । नेपाल चिकित्सकको निर्वाचन अन्तरगत आज देखि काठमाडौँ उपत्यकामा मतदान सुरु हुँदै छ। तीन दिन (२१ माघ )सम्म चल्ने निर्वाचनका लागि काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभा कक्ष) मतदानस्थल कायम गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानाका अनुसार मतदान हरेक दिन विहान ९ देखि अपरान्ह ५ बजेसम्म हुँदैछ ।

यसअघि उपत्यका बाहिरका १६ वटा मतदान केन्द्रमा गत ६ र ७ माघमा मतदान सम्पन्न भइसकेको छ ।

संघको निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।

निर्वाचनमा डा सन्तोष पौडेलले पेशागत समावेशी समूहको नेतृत्व गरेका छन् भने डा अनिलबिक्रम कार्कीले लोकतान्त्रिक समूहको नेतृत्व गरेका छन् । यस्तै डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह पनि निर्वाचन प्रतिस्पर्धामा सहभागी छ ।

उपत्यकाको मतदान सम्पन्न भएपछि मतगणना हुने निर्वाचन अधिकृत डा रानाले बताए ।

यो निर्वाचन संघको २९ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७९-२०८२ कार्यकाल)का लागि भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *