लुम्बिनी प्रदेशको मन्त्रालय अब १० वटा मात्रै, स्वास्थ्य मन्त्रालय यथावत

बुटवल, १७ माघ । लुम्बिनी प्रदेशमा अब मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १० वटा मन्त्रालय रहने भएको छ । यसअघि त्यहाँ मुख्य मन्त्री सहित १३ वटा मन्त्रालय रहेको थियो । मुख्य मन्त्री, विभागीय मन्त्री र ४ राज्यमन्त्री सहित कुल १७ जना मन्त्री थिए ।

तर यसपटक भने मन्त्रालय घटाइएको छ भने राज्यमन्त्री रहने व्यवस्था समेत हटाइएको छ ।

मन्त्रालय घटाउँदा स्वास्थ्य मन्त्रालय भने अटाएको छ । स्वास्थ्य मन्त्रालय यथावत रहने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए । मन्त्रिपरिषद्को आकार बढाउँदा प्रदेश सरकारलाई आर्थिक भार थपिने भएकाले मन्त्री परिषद् घटाउने तयारी भएको उनले बताए ।

मुख्यमन्त्री लिला गिरीले हप्तादिन भित्रै सरकारले पूर्णता पाउने बताए । उनले माघ २५ गते भित्रै मन्त्रिमण्डल विस्तार भइसक्ने बताए ।

अब रहने मन्त्रालय यी हुन्

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • आर्थिक मामिला मन्त्रालय
  • आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
  • भौतिक पूर्वाधार विकास मन्त्रालय
  • जलस्रोत व्यवस्था, ग्रामीण तथा शहरी विकास मन्त्रालय
  • स्वास्थ्य मन्त्रालय
  • सामाजिक विकास मन्त्रालय
  • यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • कृषि तथा सहकारी मन्त्रालय

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *