नेत्रज्योति संघद्धारा नेपालगञ्जमा २ हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा जाँच

नेपालगञ्ज, १७ माघ । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा बाँकेका विभिन्न चार विद्यालयका दुई हजार ८६८ जना विद्यार्थीको निशुल्क आँखा जाँच गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रका विभिन्न चारवटा सामुदायिक विद्यालयमा शिविर सञ्चालन गरी विद्यार्थीहरुको निशुल्क आँखा जाँच गरिएको हो ।

नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निशुल्क आँखा जाँच शिविर  शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो ।

अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकका अनुसार फुलटेक्रा माध्यमिक विद्यालयमा ४०० जना, महेन्द्र माध्यमिक विद्यालयमा ४०४ जना, युद्धसंस्कृत माध्यमिक विद्यालयका २१४ जना र धम्बोझी माध्यमिक विद्यालयका १ हजार ८५० जना विद्यार्थीको निशुल्क आँखा जाँच गरिएको थियो ।

आँखा जाँच गरिएका विद्यार्थीहरुमध्ये दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए ।

विद्यालयमा अध्ययन्रत विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशभरी नै निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *