प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौंः मन्त्री दुलाल

काठमाडौँ, १६ माघ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यामिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक आइतबार सिन्धुपाल्चोक आएका उनले उक्त कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सबै माध्यामिक विद्यालयमा लागू गर्ने बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित डडुवाको श्री डडुवा भवानी शङ्कर माध्यामिक विद्यालयको ६२औंँ वार्षिकोत्सवका बोल्दै मन्त्री दुलालले विद्यार्थीको स्वास्थ्यका लागि कार्यक्रम आवश्यक भएको बताए ।

आफू सामाजिक विकासमन्त्री हुँदा कार्यक्रम सुरुआत गरिएको भन्दै उनले यसले आगामी आर्थिक वर्षको प्रादेशिक नीति तथा कार्यक्रममा उल्लेख गरी प्रत्येक माध्यामिक विद्यालयमा नर्स व्यवस्थापन गर्ने तयारी रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *