चिकित्सक लाइसेन्स परीक्षामा ४७ प्रतिशत पास

काठमाडौँ, १५ माघ । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ४७ प्रतिशत पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ माघ (आज) सम्म लिएको परीक्षामा एमबीबीएस तर्फ ४७.११ र वीडीएस तर्फ ४७.६० प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार यसपटक एमबीबीएसमा कुल १ हजार ८३९ जनाले परीक्षाका लागि फारम भरेका थिए । त्यसमध्ये परीक्षामा ७ जना अनुपस्थित भएका थिए । उनले कुल १ हजार ८३२ जनाले एबीबीएस तर्फको लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै उत्तीर्ण भएको बताए ।

यस्तै बीडीएस तर्फ कुल ४८२ जनाले फारम भरेकोमा ३ जना गयल भएका थिए । त्यसपछि परीक्षा दिएका ४७९ जना भए पनि २२८ जना मात्रै पास भएका छन् ।

परीक्षा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *