नर्समैत्री निति बनाउनका लागि सक्रिय भूमिका खेल्छु : स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री निति बनाउनका लागि सक्रिय भूमिका खेल्ने बताएका छन् ।

नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् ।

‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ,’ उनले भने,‘ नर्सहरुले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने आठ हजार –१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्युनतम तलब भत्ता पनि नदिई श्रमको शोषण गर्ने कुरा कुने पनि हालतमा ठिक हुँदैन’ ।

सो कार्यक्रममा बोल्दै  त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमनग रेर कारबाही समेत  गर्ने बताए । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’ उनले भने ।

उनले बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुने भएकाले नर्सहरुलाई राम्रो सेवा दिइनुपर्ने बताए ।

उनले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा विद्यालयमा समेत नर्स राख्नेगरी योजना अघि बढिरहेको भन्दै यसले कार्यले नर्सहरुका लागि पनि रोजगारीका थप ढोकाहरु खुल्ने  बताए । ‘मैले मन्त्री भएपछि पहिलो निर्णय न्युनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्ने विषयमा हस्ताक्षर गरेको छु । नर्स र बिरामीको कुरा त्यसैमा पर्छ,’ उनले भने ।

उनले दक्ष नर्सहरुले राम्रो सेवा–सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक पाटो रहेको उनले बताए । ‘हामी संसारको जुनसुकै कुनामा गएर भएपनि जागिर गर्दा हुन्छ । तर हामी दक्ष हुनुपर्यो । हामीले पाउने सेवा सुविधा त्यही मापदण्डको हुनु पर्ने बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *