चौबिस घण्टामा थप २ जनामा कोरोना संक्रमण
काठमाडौँ, ९ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् ।