गण्डकीको स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयसंग गाभियो
पोखरा, ९ माघ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयसंग गाभेको छ । प्रदेश सरकारले मन्त्रालयहरु १२ वटाबाट घटाएर सात वटामा सिमित गर्दा स्वास्थ्य मन्त्रालय पनि गाभिएको हो ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय नामाकरण गरेको छ । सो मन्त्रालयले शिक्षा, संस्कृति, विज्ञान प्रविधि, श्रम, रोजगार, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सम्वन्धीत काम गर्ने बताइएको छ ।
बैठकले अरु विभिन्न मन्त्रालय पनि गाभेर सातवटामा सिमित गरेको छ ।
हेरौँ कुन मन्त्रालय कससंग गाभियो ?