सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालन

नेपालगञ्ज ८ माघ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालमा रहेको ६ शय्या क्षमताको आसियू आइतबारबाट सञ्चालनमा आएको हो ।

दादुरा प्रकोपग्रस्त क्षेत्रको अनुगमनमा आएका स्वास्थ्य मन्त्री पदम गिरीले आइतबार अस्पतालको निरीक्षणमा पुगेका थिए । सोही क्रममा गरिएको सम्छिप्त कार्यक्रमका बीच उनले आइसीयूको कक्षको उदघाटन गरेका हुन्।

सो क्रममा उनले क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *