स्वास्थ्य मन्त्री गिरीद्धारा भेरी अस्पतालमा बिस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ

काठमाडौँ, ८ माघ । मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् ।

डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।

विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।

दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय टोलीले विहान प्रभावित क्षेत्रको भ्रमण गरेको थियो ।

अहिले भेरीको डायलासिस कक्ष उदघाटन गरेपछि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणमा समेत जाने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *